भारतीय हस्तक्षेपविरुद्ध काठमाडौँमा मशाल जुलुस



काठमाडौँ। भारत सरकारले नेपालका लिपुलेक, लिम्पियाधुराको ३७२ वर्गकिमि जमिन आफ्नो नक्सामा सिाएर सार्वजनिक गरेको विरोधमा अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला र क्याम्पस जिल्लाले काठमाडौँ नयाँ बानेश्वरचोकमा मशाल जुलुस निकालेका छन्।

नेकपाको केन्द्रीय कार्यक्रमअनुसार मशाल जुलुस निकालिएको अखिल क्रान्तिकारीले जनाएको छ। विद्यार्थी सङ्गठनले निकालेको जुलुसमा हजारौँ जनताले ताली बजाएर ऐक्यबद्धता जनाएको सङ्गठनले जनाएको छ।

जुलुसमा ‘लिपुलेक र कालापानी हाम्रो हो, मिचिएको सीमा र असमान सुगौली सन्धि खारेज गर, साम्राज्यवादी मोदी सरकार मुर्दावाद, सीमा मिच्न पाइँदैन, केपी सरकार चाहिँदैन’ लगायत नारा लगाइएको समाचारमा जनाइएको छ।