काठमाडौ। नेपाली काङ्ग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले नेपाल-भारतबीच उत्पन्न सिमा विवादको दिगो रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।
भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी समावे गरेर गल्ती गरेको भन्दै युवा नेता शाहीले कानूनी र कुटनीतिक माध्यमबाट सिमा विवाद सदाको लागि हलगर्न सरकारसङ्ग माग गरेका हुन्। नेता शाहीले देश अफ्ट्यारोमा परेको बेला राजनीतिक विचारको आधारमा नभएर एकताको अधारमा एकठाउमा उभिनु पर्ने बताएका छन्।उनले प्रधानमन्त्री केपी ओलीलाई फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सबै देशबासीलाई एकठाँउमा उभ्याउन आग्रह गरेका छन्।
उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्का,”लापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर गम्भीर पहलकदमी गरोस्। राष्ट्रिय अस्मीतासंग जोडिएको विषयमा घरभित्रका मतभेदलाई पन्छाएर हामी एकठाँउ हुनुपर्छ। प्रधानमन्त्रीज्यू फराकिलो भएर भारतको एकपक्षीय निर्णयविरुद्ध सवैलाई एकठाँउमा उभ्याउन पहल गर्नुहोस् र यहीँ सरकारका पालामा सबै सिमा बिबादलाई समाधान गर्नुहाेस। नेपाली माटोका बारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ!”