गिरिजाकै शैलीमा भारतीय दादागिरी विरुद्ध राजदुतलाई देउवाको फोन



काठमाडौ। नेपाली भूमी कालापानी, लिम्पियाधुरा, लिपुलेक भारतीय नक्सामा पारेको भन्दै काङ्ग्रेसले विरोध जनाएको छ। काङ्ग्रेस सभापति शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीलाई फोन गरेर सिमा अतिक्रमण स्वीकार्न नसकिने जनाएका छन्।

“कालापानी भारतपट्टी रहेको र तत्कालीन ब्रिटिस-इन्डिया र नेपाल सरकारले त्यसलाई स्वीकारेको” भन्दा २०५५ असार १ गते जिपी काेईराला सरकारले तत्कालीन भारतीय राजदूत केभी राजनलाई परराष्ट्र मन्त्रालयमा बोलाई विरोध जनाएको थियो।