अध्यक्ष बिष्टद्वारा ८ जना जिल्ला सदस्य मनोनित


सुर्खेत। नेपाल तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टले सगठन विस्तार गरेका छन्।

अध्यक्ष बिष्टका अनुसार तरुणदल सुर्खेतको जिल्ला सदस्यमा डम्बर तिवारी, नवीन सुनार, जनक थापा चयन भएका छन।

त्यस्तै विनोद गिरी, लक्ष्मी पुन, नवराज ढकाल, वलबहादुर बिष्ट निलकण्ठ मल्ल पनि जिल्ला सदस्यमा मोनोनीत भएका छन्।

अध्यक्ष बिष्टले अध्यक्षको अधिकार प्रयोग गरेर आफुले जिल्ला सदस्य मनोनित गरेको कर्णाली सन्देशलाई जानकारी दिए।

अध्यक्ष बिष्टले सामजिक सन्जालमा लेखेका छन्, “नेपाल तरूणदल सुर्खेतको जिल्ला सदस्य पदमा मनोनीत हुन सफल सम्पूर्ण जिल्ला सदस्य ज्युहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
जय नेपाल! जय तरूण!”