भोलि बिहान ११ बजे अनेरास्ववियूले भारतीय दुतावास घेराउ गर्ने



काठमाडौँ। अनेरास्ववियूले भोलि बिहान ११ बजे भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूमि समावेश गरेको विरोधमा लैनचौर स्थित भारतीय राजदुतवास घेराउ गर्ने भएको छ।

अनेरास्ववियूकी नेता सुनिता बरालले सामाजिक सञ्जाल फेशबुक मार्फत भोलि बिहान ११ बजे भारतीय राजदुतावास घेराउ कार्यक्रममा सहभागि हुन आग्रह गरेकी छन्। उनले लेखेकी छन्,‘भोलि (२२ गते) विहान ११ बजे भारतीय दूतावास घेराउ एवं धर्ना कार्यक्रममा सहभागी बनौँ। अनेरास्ववियू।’