कविता: निर्लज्ज सरकार



कविता: निर्लज्ज सरकार 

सिसम शाही

दुई-चार थुंगा फूलहरू, झर्दैमा बोट शून्य हुँदैन।
क्रान्ति अघि बढ्छ नै, जबसम्म लक्ष्य छुँदैन ।।

फूलहरू झारेर सिंगोबोट, भाँच्ने लक्ष्यछ तिम्रो।
तिमी जस्तालाई ध्वस्त, पार्ने लक्ष्य छ हाम्रो ।।

दलालका ठेकेदार हौं, तिमीहरू भ्रष्टचारी पनि ।
जनताले यसैगरी चिन्दछन्, राराष्ट्रघाती भनी।

सिमानाबारे बोल्दा, सरकारले नै गुपचुप पार्दछ।
समाजवादको कुरागर्दा, आतंककारी भनी मार्दछ।

जाे हिजो  लडेर आयो यही संसदको विरुद्धमा ।
आज ति मान्छे छन् समाजवादको अवरोधमा।

कस्तो मोहित गरायो कठै जनतालाई भुलाएर।
जनतालाई मार्न लगायो संसदमा झुलाएर।।

कस्ताे निर्लज्ज, मित्र र बैरी छुट्याउन सकेनौं।
दलालको मतियार भयौ जनता माझ टिकेनौं।

हिजो तिम्रो टाउकाको मूल्य तोक्नेको रक्षा गर्दैछौं।
आफ्नै सहयोद्धालाई मारेर गिलासमा रगत भर्दैछौ।

सर्वविधितै छ क्रान्तिकारीलाई मारेर क्रान्ति मर्दैन।
रगतको आहाल तर्दछ,क्रान्ति बेदनाको आँसु झर्दैन ।

समाजवादको सफलता हुनेछ एकदिन पक्कै पनि ।
अनि जनताहरूले लिनेछन् ऋण तिमिसंग गनी ।।