काठमाडौँ। नेपालमा गरिएको लगानी फिर्ता लैजान दिइएको समयसीमा सकिँदा पनि उत्तर कोरियाली लगानीकर्ताहरु उद्योग विभागको सम्पर्कमा आएका छैनन्।
विभागले कात्तिकको दोस्रो साताभित्र नेपालमा रहेको लगानी प्रक्रिया पुर्याइ फिर्ता लैजान कात्तिक ३ गते तेस्रोपटक निर्देशन दिएको थियो। यसअघि भदौ ३० निर्देशनमा विभागले उत्तर कोरियाली लगानीकर्तालाई ४५ दिनको म्याद अर्थात कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान भनेको थियो।यो समाचार आजको आर्थिक अभियान दैनिकमा निकेश खत्रीले लेखेका छन्।