“सिमा अतिक्रमणबारे सरकारले तत्काल आधिकारिक धारणा दिनुपर्छ”



काठमाडौ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका अध्यक्ष बद्री पङ्गेनीले भरतीय हस्तक्षेपका सम्बन्धमा सरकारले तत्काल आधिकारीक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्, “हाम्रो भुमी हामिले फिर्ता पाउनै पर्छ पाउनै पर्छ सरकारको आधिकारिक धारणा आउनै पर्छ आउनै पर्छ।”

भारतले हिजो मात्रै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेको भन्दै देशभर बिरोध प्रदर्शन भइरहेका छन्।