परराष्ट मन्त्रालयको बिज्ञप्ति बेवारिसे: नेता तामाङ



काठमाडौ। अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले भारतीय हस्तक्षेपका सम्बन्धमा परराष्ट्र मन्त्रालयले निकालेको बिज्ञप्तिलाई निकम्माको संज्ञा दिएका छन्।

साथै नेता तामाङले देशलाई बिचरा र कर्मचारी प्रशासनलाई कठपुतलीको रूपमा आलोचना गरेको छन्।

भारतले हिजो मात्रै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेको भन्दै देशभर बिरोध प्रदर्शन भइरहेका छन्।

सिमा अतिक्रमण जस्तो गम्भीर विषयका बारेमा नेपाल सरकारका तर्फबाट कुनै आधिकारिक जवाफ नआएको बेला परराष्ट मन्त्रालयले निकालेको बिज्ञप्तिका बारेमा नेता तामाङले सामाजिक सन्जालमा कडा प्रतिक्रिया दिएका छन्।

उनले लेखेका छन्फे,”शबुकमा लेखेका छन्,”नेपाल सरकारकाे तर्फबाट निकालिएकाे बिज्ञप्ती हेर्दा थाहा हुन्छ हाम्रा ब्युराेक्रेशि कति निकम्मा र कठपुतली छन्।
जुन बिज्ञप्तिमा हस्ताक्षर गर्ने ब्यक्तिकाे न नाम छ,न ओहदा (पद) छ ??
यति गम्भीर बिषयमा यस्ताे बेवारिसे बिज्ञप्ति ???
#बिचरा मेराे देश
#मेराे देशकाे ब्युराेक्रेशि।”