भारतले सीमा मिच्दा सरकार मौन रहेको नेविसंघको आरोप



काठमाडौँ। नेपालको कालापानी, लिपियाधुरा, लिपुलेकलगायत सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घले विरोध प्रदर्शन गरेको छ।

भारतले जारी गरेको नक्साको विरोध गर्दै नेविसंघ आरआर इकाईले निकालेको विरोध प्रदर्शन पुुतली सडक, जमल, रत्नपार्क हुँदै आरआर अगाडि पुगेर कोर्णसभामा परिणत भएको थियो।

विरोध कार्यक्रमलाई नेविसंघका निवर्तमान उपाध्यक्ष सागर परियार, नेविसंघ आर आरका इकाई अध्यक्ष सञ्जीव ढकाल, सचिव अनुराग शाह लगाएका विद्यार्थी नेताहरूले सम्बोधन गरेका थिए।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सबै विद्यार्थी नेताहरूले नेपाल सरकारप्रति आक्रोशित बनेका थिए। नेपाको भूमी भारतले मिच्दा पनि सरकार मौन रहेको भन्दै आक्रोशित बनेका थिए। भारत सरकारको यो रबैयाकाविरुद्ध नेपाल सरकार मौन भए झन् आन्दोलन चर्काउने सचिव अनुराग शाहले जानकारी दिए।