काठमाडौँ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आरआर क्याम्पसका सभापति तपेन्द्रजंग शाहीले नेपालको भूमि भारतको नक्सामा समावेश गरेर महाभूल गरेको टिप्पणी गरेका छन्।
कर्णाली सन्देशसँगको कुराकानिमा उनले भने,‘भारतले गम्भीर गल्ति गरेको छ। नेपाल सामु भारतले माफि माग्नुपर्छ। तत्काल भारतले सुधार गरिएको नक्सा सार्वजनिक गर्नुपर्छ।’
उनले अगाडि भने, ‘सत्तामा जो सकै दल होस् या जसको पनि सरकार होस्। अनेरास्ववियूलाई मतलव हुँदैन। भारतसँग सरकारले कसरी हुँन्छ वार्ता गरोस्। तत्काल समस्याको समाधान गरियोस्। अन्यथा अनेरास्ववियूले कडा आन्दोलन गर्नेछ।’