अनेरास्ववियूको नेतृत्वमा गुञ्जियो ‘गो ब्याक इण्डिया’ को नारा



काठमाडौँ। भारतीय नक्सामा नेपालको कालापानी, लिपियाधुरा, लिपुलेकलगायतको भूमि समेटिएको बिरोधमा अनेरास्ववियूले राजधानीमा प्रदर्शन गरेको छ।

साथै अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, अनेरास्ववियूको नेताहरू रश्मि आचार्य, सुनिता बराल, आरती लामालगायतले नेपाली भूमि भारतको नक्सामा समावेश गरिनु आपत्तिजनक भएको भन्दै विरोध गरेका छन्।

नेपालको परिर्वतनका आन्दोनहरू एकसाथ सकड संघर्ष गरेका अनेरास्ववियू, नेविसंघलगायतका विद्यार्थी संगठनहरू राष्ट्रियताको बारेमा भने एक ठाउँमा उभिन सकेनन्। सत्तारू र विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरूले बुधबार काठमाडौंमा भिन्ना भिन्नै प्रदर्शन गरेका छन्।

अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो। ‘गो ब्याक इण्डिया’को नारा लगाएको थियो। अनेरास्वववियूले प्रदर्शनीमार्ग स्थिति आरआर क्याम्पसबाट निकालेको विरोध प्रदर्शन पुतली सडक, बागबजारहुँदै रन्तपार्कमा पुगेर कोर्णसभामा परिणत भएको थियो। त्यस्तै नेविसंघले आरआरबाट पुतली सडक, जमल, रत्नपार्कहुँदै आरआरमा आएर कोर्णसभा गरेको थियो।