भारतीय नक्सामा नेपाली भूमि पर्नु आपत्तिजनक: प्रवक्ता शर्मा



काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको कालापानी, लिपियाधुरा र लिपुलेक भारतको नक्सामा समावेश गरिएको प्रति आपत्ति जनाएका छन्।

हिजो उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘दिल्लीबाट जारी नयाँ नक्साप्रती गम्भीर ध्यानाकर्षण भएको छ। कालापानी र लिपुलेक हाम्रा अभिन्न अंग हुन्। नेपाल सरकारले तत्काल धारणा सार्वजनिक गरेर तत्काल गम्भीर पहलकदमी गरोस् । नेपाली माटोका बारे कहिँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्विकार्य छ।