“कम्युनिस्टले कर्णालीमा प्रदेश प्रमुख बन्ने मान्छे भेटेनन्, अरू के आशा?



काठमाडौ। नेपाली काङ्ग्रेस जुम्लाका संगठन विभाग प्रमुख एवं युवा नेता लक्ष्मण शाहीले कर्णालीमा कम्युनिस्टहरुले प्रदेश प्रमुख बन्ने मान्छे नभेटेको टिप्पणी गरेका छन्।

कर्णाली प्रदेशबाट प्रदेश प्रमुख छनोट नभएपछि  कर्णालीबासी आक्रोशित बनेका छन्। युवा नेता शाहीले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्, “कम्यूनिस्टको गढ भनिएको कर्णालीमा त्यही कम्युनिस्ट शासकहरूले प्रदेश प्रमुख बन्ने मान्छे भेटेनन्, अरू के आशा गरौ ?”

२०७४ माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पाँच वर्षको लागि नियुक्त गरिएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले दुई वर्षमै पदमुक्त गरेको छ।

आज मंगलबार मात्रै नया प्रदेश प्रमुखहरुले रास्ट्रपति समक्ष सपथ लिएका छन्। संविधानको धारा १६३ (२) बमोजिम प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), प्रदेश २ मा तिलक परियार, (बाँके) प्रदेश ३ मा विष्णु प्रसाईं (झापा), गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन), प्रदेश ५ मा धर्मनाथ यादव (सिरहा), कर्णाली प्रदेशमा गोविन्द कलौनी (डलेल्धुरा र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त (काठमाडौँ) नियुक्त भएका छन्।