शान्ता चौधरी चढ्ने गाडी दुर्घटना


काठमाडौँ। नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडी दुर्घटनामा परेको छ। यद्यपि गाडीमा सांसद चौधरी भने थिइनन्। सांसद चौधरीलाई घोराही छोडेर लमहीतर्फ फर्किँदै गर्दा सोमबार राति बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी अर्जुनखोलामा खसेको हो।

लमही–घोराही सडक खण्ड कुलमोडस्थित सडकबाट झण्डै सय मिटर तल खसेको चालक रतन चौधरीले बताए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए।