प्रदेश प्रमुखले लिए सपथ



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शपथ खुवाएकी छिन् । वरिष्ठ फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायतको उपस्थित रहेको थियो।

३ माघ ०७४ गते तत्कालीन पधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूको पदमुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ०७६ कात्तिक १८ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका नयाँ प्रदेश प्रमुखलाई नियुक्त गरेकी हुन्।

संविधानको धारा १६३ (२) बमोजिम प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’ (कास्की), प्रदेश २ मा तिलक परियार, (बाँके) प्रदेश ३ मा विष्णु प्रसाईं (झापा) , गण्डकी प्रदेशमा अमिक शेरचन (चितवन), प्रदेश ५ मा धर्मनाथ यादव (सिरहा), कर्णाली प्रदेशमा गोविन्द कलौनी (डलेल्धुरा) र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त (काठमाडौँ) नियुक्त भएका छन्।