नरहरीनाथ गापा ९ मा मानवनिर्मित प्राचीन गुफा भेटियो



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ को काँडाकोटमा प्राचीन मानवनिर्मित गुफा भेटिएको छ। काडाँकोट दरवारका नामले परिचत उक्त क्षेत्रमा करिब ३५ मिटरभन्दा लामो प्राचीन मानवनिर्मित गुफा फेला परेको वडा अध्यक्ष जोरासिंह शाहीले जानकारी दिएका छन्।

काँडाकोटमा प्राचीन खस राजाहरूको दरबार रहेको क्षेत्र भएको त्यहाँ युद्ध लड्नका लागि प्रयोग भएका दुईवटा गुफा भेटिएको वडा अध्यक्ष शाहीले बताएका छन्।

काँडाकोट अग्लो क्षेत्रमा रहेको र अहिले त्यहाँ मानव बस्ती नभएको बताउँदै अध्यक्षक्ष शाहीले भने,‘‘काँडाकोटमा राजाको दरबारको भग्नाअवेश देख्न सकिन्छ, त्यहाँ धान कुट्ने गरेको ओखललगायतका अन्य प्राचीन भग्नावशेष पनि फेला परेका छन्।हामीले त्यसको संरक्षण गर्नको लागि एउटा समिति बनाएर काम गर्ने भनेका छौं।’

प्राचीन मानव निर्मित वस्तुहरू फेला परेका कारणले यसको संरक्षण तथा उत्खनन गरेर यहाँको क्षेत्रका विषयमा अध्ययन गर्न आवश्यक रहेको वडा अध्यक्ष शाहीलको भनाई छ।