जापान। नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी थालेको छ। गत भदौ १२ गतेदेखि अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं ओसाका सिधा उडान गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमतिको लागि प्रक्रिया तिव्र पारेको छ।
निगमले नारिता अन्तर्राष्ट्रिय विमानस्थलवाट जनवरी ३ तारिख उडान भर्ने तयारी तीव्र ररूपमा काम भैरहेको निगमका कंट्री मेनेजर सन्तोष पाण्डेले जानकारी दिनुभयो। निगमले अक्टोबर र नोभेम्वर ३ चार्टड उडानको अनुमति पाएको थियो। वाइडबडी ए–३३० जहाजमार्फत जापानको उडान गरिरहेको छ।
निगमले नारितामा नियमित उडानका लागि सबै कागजी प्रक्रिया पूरा गरिसकेको छ। नारितामा सातामा दुई दिन र ओसाकामा एक दिन उडान भर्ने निगमको योजना छ। नारिता गन्तव्यमा धेरै नेपाली यात्रु पाउने निगमको विश्वास छ।
हानेदापछि जापानको राजधानी टोकियो प्रवेशगर्ने मुख्य हवाई प्रवेशद्वार नारिता मानिन्छ। ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ। निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल चार जहाज भए पनि तत्काललै साउदी अरेविया र मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ।