सुनकोशी दुर्घटनाका घाईतेलाई भेट्न अस्पताल पुगे देउवा



सिन्धुपाल्चोक। आइतबार जिल्लाको सुकुटेमा भएको दुर्घटना परी घाइते बनेकाहरू नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले भेटेका छन्। काभ्रेको धुलीखेल अस्पतालमा पुगेर देउवाले घाइते बनेकालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्।

सरकारका मन्त्री, प्रधानमन्त्री, सत्तारूढ दलका नेता तथा कार्यकर्ताले नभेटेको अवस्थामा कांग्रेस सभापति देउवाले घाइते विरामीहरू भेटेका हुन्। साथै सभाापति देउवाले देशैभर ट्रमा सेन्टर निमार्ण गर्न र सम्भावित दुर्घटनामा सकजता अपनाउन आग्रह गरेका छन्।

दोलखाको शैलुङ गाउँपालिका बागखोरबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस अरनिको राजमार्गको सुकुटे नजिकै आइतबार मध्यान्ह सुनकोशी नदीमा खस्दा तीन महिने शिशुसहित १७ जनाभन्दा बढीको मृत्यु भएको छ। कम्तिमा ५२ जना घाइते भएका छन् भने केही हराइरहेको अनुमान छ।

अधिकांस घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बा २ ख ७२४५ नम्बरको उक्त बस सडकबाट करिब ७० फिट तल नदीमा खसेको थियो। स्थानीय उद्धारकर्मी रमेश खड्काका अनुसार यात्रुहरुलाई डुबेको, बगाइरहेको र थिचिएको अवस्थामा उद्धार गरिएको थियो। घटनास्थलमा ५ जना र बगाउँदै गरेको अवस्थामा नदीको विभिन्न स्थानबाट १० जनाको शव निकालिएको छ।

बसमा कम्तिमा ७० जना यात्रु रहेको अनुमान छ। उद्धारका लागि सेना, प्रहरी र सर्वसाधारणले स्थानीय रिसोर्टका बोटहरुको प्रयोग गरेका थिए। बस के कारणले दुर्घटना भयो भन्ने यकिन भएको छैन।

प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत, ३ की वर्ष ३२ की निर्मला खड्का, ६ की वर्ष ७० की उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। तीन जनाको भने सनाखत हुन सेकेको छैन।

स्थानीय खाडिचौर स्थित सदाबहार अस्पतालमा २ जना घाइते लगेकोमा उपचारका क्रममा बालिका साइरानीको मृत्यु भएको थियो। उपचारका लागि धुलिखेल अस्पताल लगिएका ५० जना घाइते मध्ये चेतकुमारीको मृत्यु भएको हो।

काभ्रे प्रहरीका अनुसार उक्त अस्पतालका ४९ जना घाइते मध्ये २ जनालाई डिस्चार्ज गरिएको छ भने ६६ वर्षीय गोमा श्रेष्ठ र अन्दाजी ३५ वर्षीय एक महिलालाई थप उपचारको लागि काठमाडौं पठाइएको अस्पतालले जनाएको छ। यसैगरी सिरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा ३ जना लगेकोमा बालिका सलिनाको मृत्यु भएको हो। दुई जनाको उपचार भइरहेको छ। उनीहरु दम्पत्ति हुन्। प्रहरीका अनुसार खाडिचौरमा उपचार गराएका बस चालकलाई राजधानीतिर गरिएको छ। बसलाई नदीबाट निकालिएको छ।

इलाका प्रहरी कार्यालय मागदेउरालीका प्रहरी नायब निरीक्षक जयप्रकाश पाण्डेका अनुसार बागखोर बसपार्कबाट बिहान ९ बजे छुटेको उक्त बसको लामोसाँघु–जिरी सडकको मुडे भन्ने स्थानमा पत्ता भाँचिएको थियो। भाँचिएको पाता मर्मत गरेर उक्त बस राजधानीतर्फ गएको थियो। बस छुटेको स्थान शैलुङ मुडेबाट दक्षिण करिब १० किमिको दुरीमा रहेको छ।

उक्त बसमा अधिकांश शैलुङ–३, ४ र ५ नम्बर वडा अन्तर्गतका काटाकुटी, बागखोर र देउराली गाउँका बासिन्दा सवार थिए। शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालका अनुसार वडा नम्बर ५ काटाकुटीका मात्र ७ जानको मृत्यु भएको छ।