प्रदेश प्रमुखहरूको नाम सिफारिसमा माधव नेपालको विमति



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखहरूको नाम छनोट गरेको छ। मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले  प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ। त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस  गरिएकाे हाे।

 प्रदेश प्रमुख नियुक्तिसम्बन्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन्।

सोमबार विहान बसेको नेकपा सचिवालय बैठकमा नेपालले प्रदेश प्रमुखका लागि आफ्नो तर्फबाट केही नेताको नाम पेश गरेका थिए। प्रदीप नेपाल, विश्वकान्त मैनाली, बेदुराम भुसाल, रघुजी पन्त र श्रीमाया थकालीमध्येबाट प्रदेश प्रमुख बनाउन नेपालको प्रस्ताव रहेको  थियाे।