ज्ञानेन्द्रको कप्तानीमा आज पहिलो खेल


काठमाडौँ। नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९ः१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो। आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो।

नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो। पूर्वकप्तान पारस पनि यो खेलमा सहभागि हुनेछन्।

बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिन दिवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ। त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ।