नेकपा सर्वसत्तावादी बन्न थाल्यो: युवा नेता शाही


जुम्ला। नेपाली काङ्ग्रेस जुम्लाका भातृ संगठन प्रमुख एवम् युवा नेता लक्ष्मण शाहीले राजनीतिक पुर्वाग्रहका आधारमा सरकारले प्रदेश प्रमुखलाई पदमुक्त गरेको आरोप लगाएका छन्।

नेता शाहीले सामाजिक संजाल फेशबुकमा लेखेका छन्, “प्रदेश प्रमुखहरू एकलौटि हटाउने सरकारको निर्णय राजनैतिक पुर्वाग्रही, निर्वाचन आचारसंहिता बिपरित र सर्वसत्तावादी चरित्रको नमुना ! जय नेपाल ! जय तरुण!”

आज आइतबार सरकारको सिफारिसमा रास्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा सरकारले नियुक्ति गरेका सातै प्रदेशका प्रदेश प्रमुखलाई पद मुक्त गरेकी छिन।