अक्षय कुमारको ‘हाउसफुल ४’ को जादुमय धमाका जारी



काठमाडौँ। बलीउड अभिनेता अक्षय कुमारको फिल्म ‘हाउसफुल ४’ ले पर्दामा धमाका मचाईरहेको छ। फिल्म रिलीज भएको नौ दिन भईसक्यो । तर ‘हाउसफुल ४’ को कमाईले रोक्ने नाम पनि लिईरहेको छैन । त्यसको कमाईमा अहिलेसम्म कुनै पनि कमी देखीएकोे छैन।

साजिद नाडिवालाको निर्माण र फरहद सम्जिको निर्देशनमा तयार भएको चलचित्र ‘हाउसफुल ४’ ले छठ पूजा कोे दिनमा पनि बक्स अफिसमा जोडदार कमाएको छ। बक्स अफिस इंडियाको वेबसाइटको मुताबिक अक्षय कुमारको ‘हाउसफुल ४’ ले शनिबारको दिन करिब ९.५० देखि १० करोड़ रुपैयाको कमाई गरेको छ।

यसैगरी यस फिल्मले नौ दिनमा १५५.५० करोड़ रुपैयाको कमाएको छ। फिल्मको यस शानदार प्रदर्शनलाई हेरेर भन्न सकिन्छ कि ‘हाउसफुल ४’ चाँडै नै २०० करोड़ रुपैयाकोे क्लबमा शामिल हुन सकिनेछ।