काठमाडौँ । नेपालका मेडिकल कलेजहरुमा भइरहेको आन्दोलनप्रति बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले समर्थन गरेका छन्। उनीहरुले विद्यार्थीको माग पुरा गर्न सरकारसँग माग गरेका छन्।
नेपाली विद्यार्थीहरुको संगठन नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशले शनिबार विज्ञप्ति जारी गर्दै मेडिकल शिक्षामा देखिएको अनियमितताको सुधारका लागि यथासिघ्र पहल गर्न माग गरेको हो।
एसोसिएसनले मेडिकल शिक्षाको सुधार एवं व्यवस्थापनलाई लिएर अनेकौँ आन्दोलन, अभियान चलाई पनि समस्या झन् बढ्दै जानु र समन्धित निकाय मौन रहनु दुखद विषय रहेको जनाएको छ।
एसोसिएसनले समस्या समाधानमा सम्न्धित निकाय मौन रहँदा मेडिकल पढ्न चाहने हजारौँ विद्यार्थी विदेशिन बाध्य हुने भन्दै तत्कालै विद्यार्थीका माग पुरा गरी स्वदेशमै सहज रुपमा पढ्ने वातावरणको व्यवस्था गर्न पनि माग गरेका छन्।
हेरौँ विज्ञप्तिको पूर्ण पाठ
मेडिकल शिक्षाको शुल्कमा देखिएको अनियमिततालाइ लिएर यसको सुधारका निम्ति देशका विभिन्न मेडिकल कलेजका बिधार्थिहरु आन्दोलित छन् १ चर्को अतिरिक्त शुल्क लिने अनि सरकारले तोकेको भन्दा बढी शुल्क लिई डाक्टर बन्ने सपना बोकेर मेडिकल शिक्षामा होमिएका हजारौ बिधार्थिहरुसंग निजि मेडिकल कलेज व्यवस्थापन एवं संचालकहरुले अन्याय गरिरहेका छन् १
यसको सुधारका निम्ति आवाज उठाउने निर्दोष एवं पिडित बिधार्थिहरुलाई शारीरिक एवं मानसिक रुपमा यातना दिने कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ १ मेडिकल शिक्षाको सुधार एवं व्यवस्थापनलाइ लिएर अनेकौ आन्दोलनहरु ,अभियानहरु चलाइए पनि ,समस्या झन् बढ्दै जानु र सम्बन्धित निकाय मौन रहनु सम्पूर्ण देशवासिकै निम्ति दुखद बिषय हो १
यसले गर्दा मेडिकल पढ्न चाहने देशका हजारौ बिधार्थिहरु बिदेशिन बाध्य हुन्छन सयसले देशको ढुकुटी बाहिर जाने र बिदेशिएका बिधार्थिहरुले संघर्षमय वातावरणमा अध्ययन गर्नु पर्ने स्थीति सिर्जना हुन्छ १ तसर्थ मेडिकल शिक्षामा देखिएको अतिरिक्त शुल्कको अनियमिततामा सुधार ल्याउनका निम्ति सम्बन्धित निकायलाई यथाशिघ्र पहल गर्न अनुरोध गर्दछौ एवं आन्दोलनरत सम्पूर्ण बिधार्थीहरुमा हाम्रो साथ् र समर्थन रहेको व्यवहोरा जानकारी गराउदछौ१