काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको १७ महिनापछि युवा सङ्गठन (राष्ट्रिय युवा सङ्गठन नेपाल) को एकता टुङ्गिएको छ। सङ्गठनको कार्यालयमा शनिबार बसेको बैठकले एकता प्रक्रियालाई टुङ्गोमा पुर्याएको हो।
शनिबारको बैठकले जिल्लाहरूको पनि एकीकरण टुङ्गो लगाएको छ। प्रदेश एकमा साविक युवा सङ्घले ८ वटा जिल्ला पाएको छ भने साविक वाईसीएलले ६ वटा जिल्लाको नेतृत्व पाएको छ।
प्रदेश १ मा मोरङ, झापा, इलाम, खोटाङ, धनकुटा, तेह्रथुम, भोजपुर र ओखलढुङ्गा साविक युवा सङ्घले पाएको छ। सुनसरी, उदयपुर, पाँचथर, सोलुखुम्बु, सङ्खुवासभा र ताप्लेजुङ वाईसीएलको भागमा परेको छ।
प्रदेश २ मा ४–४ वटा जिल्ला भाग लगाएका छन्। पर्सा, सिरहा, रौतहट, बारा साविक युवा सङ्घ र महोत्तरी, धनुषा, सर्लाही, सप्तरी वाईसीएलको भागमा परेको छ।
प्रदेश ३ मा ललितपुर, मकवानपुर, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, नुवाकोट ७ जिल्ला साविक युवा सङ्घ र काठमाडौं, चितवन, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र रसुवा ६ जिल्ला वाईसीएलको भागमा परेको छ।
गण्डकी प्रदेशमा नवलपुर, बाग्लुङ, लमजुङ, म्याग्दी, मुस्ताङ, पर्वत गरी छ जिल्ला साविक युवा सङ्घ र कास्की, गोरखा, स्याङ्जा, तनहुँ, मनाङ पाँच वटा साविक वाईसीएलले पाएको छ।
पाँच नम्बर प्रदेशमा रुपन्देही, बाँके, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, दाङ ७ जिल्ला युवा सङ्घले र कपिलवस्तु, प्युठान, बर्दिया, रुकुम पूर्वी र पाल्पा साविक वाईसीएलले पाएको छ।
कर्णाली प्रदेशमा दैलेख, जाजरकोट, जाजरकोट, हुम्ला, जुम्ला, डोल्पा गरी पाँच जिल्ला युवा सङ्घ र सुर्खेत, सल्यान, कालिकोट, रुकुम पश्चिम, मुगु पाँच जिल्ला साविक वाईसीएलले पाएको छ।
सुदूरपश्चिम प्रदेशमा कैलाली, बाजुरा, अछाम, बझाङ, वैतडी, कञ्चनपुर, डोटी, दार्चुला, डडेलधुरा साविक वाईसीएलको भागमा परेको छ।