गीत होस् त ‘निरमाया ठूली’ जस्तो



काठमाडौँ । वरिष्ठ गायक, सर्जक एवं चलचित्र निर्माता नारायण रायामाझीको स्वरमा नयाँ गीत बजारमा आएको छ। कलाकार रायमाझीका अनेकन र्सिजनाहरूले नेपाली दर्शक, स्रोताको मनमा राज गरिसकेका छन्।

पछिल्लो समय उनले रचना गरेको गीत ‘निरमाया ठूली’ लोकप्रिय बन्दै गएको देखिन्छ। युट्युबमा सार्वजनिक गरेको छोटो समयमा टिपिकल लोकभाका रूचाउने दर्शक स्रोताले सामाजिक सञ्जालमा गीतलाई प्रचार गरेको पाइन्छ।

रिमा रेर्कडिङ इन्टरटेनमेन्ट प्रस्तुती रहेको उक्त गीतमा रायमाझीलाई गायिका कमला पोखरेलले स्वरमा साथ दिएकी छन्। दर्सकहरूले गीत सेयर गरेर ‘गीत होस् त यस्तो होस् न’ भनेर प्रतिक्रिया दिएका छन्।

निरमाया

केटाः– एउटा आखा कर्णाली भेल अर्को आखा कोशि छ
रहरैले हैन प्यारी म परदेशी भाको हाम्रै भाग्य दोषी छ।

केटिः–रातो भन्नु सिम्रीक टिका सिउँदो भर्ने सिन्दुर पहेलो बेसार।
सम्झी काटे मैना वर्ष रुदै काटे जोवन आफ्नो भन्नु केछ र ?

केटाः–काकरीलाई थाकरी त बाखरीलाई खोर मायालुलाई दरीबार
मनमा हजार रहर बोकि परदेश आय प्यारी सपनी भो घरीबार

केटिः–मोहिमाथी नौनी घिउ त पानी माथी तेल दुधमाथी लाग्यो तर।
मनको धोको मनमै रह्यो रहर मरी गयो अब लाउने छैन कर