दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सुनकोशीमा खस्यो



काठमाडौँ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा १० जनाकाे मृत्यु भएकाे छ।

दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेका छन्।  स्थानीयवासीका अनुसार केही शवहरु नदीले बगाएको छ। दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ। बसमा ४० भन्दा बढी यात्रु सवार रहेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्ने अनुमान गरिएको छ । उनले  घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । घटनाको विस्तत विवरण आउन बाँकी छ ।