लिभरपुल र म्यानचेस्टर सिटीको उत्कृष्ट पुनरागमन



काठमाडाैँ।  इंग्लिस प्रिमियर लिगको लिड लिडर लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेका छन्। लिभरपुलले एस्टन भिल्ला र सिटीले साउथह्याम्टनलाई समान २–१ गोलले पराजित गरेका हुन्।

साउथह्याम्टनले खेलको १३ मिनेटमा वार्ड प्रोइसको गोलबाट अग्रता लियो। तर, ७० मिनेटमा सिटीका सर्जियो अग्युरोले बराबरी गोल फर्काए। केल वाल्करले खेल सकिन ४ मिनेट बाँकी छदा अर्को गोल गरेपछि सिटी २–१ ले विजयी भयो। लिभरपुलविरुद्ध एस्टन भिल्लाका ट्रेजेगुटले खेलको २१ मिनेटमा गोल गरेका थिए।

तर खेल सकिन ३ मिनेट बाँकी छदा रोबर्टसनले लिभरपुलका लागि बराबरी गोल फर्काए। इन्जुरी टाइमको चौथो मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलले रोमाञ्चक जित हात पार्न सफल भयो।

लिगको अन्य खेलमा म्यानचेस्टर युनाइटेडलाई वर्नमाउथले १–० ले पराजित गरेको छ। चेल्सीले वाटफोर्डलाई २–१ ले हराउँदा आर्सनललाई वुल्भ्सले १–१ को बराबरीमा रोकेको छ। लिगको शीर्ष स्थानको लिभरपुलको ११ खेलबाट ३१ र दोस्रो स्थानको सिटीको २५ अंक छ। चेल्सी २३ अंकसहित तेस्रो स्थानमा रहदा एक खेल कम खेलेर २० अंक जोडेको लेस्टर सिटी चौथो स्थानमा छ। पाँचौ स्थानको आर्सनलको १७ अंक छ भने म्यानचेस्टर युनाइटेड १३ अंक जोडेर दशौं स्थानमा रहेको छ।