डायलाइसिस गर्न प्रधानमन्त्री ग्राण्डीमा



काठमाडौँ। तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ। बालुवाटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री अस्पताल जानुपर्ने भएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ। बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ। ‘प्रमज्यू अस्पताल जानुपरेपछि क्याविनेट बैठक ३ बजेपछि मात्रै बस्ने भएको छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि मात्रै सचिवालय बैठक बस्नेछ।’

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो हेमोडायलाइसिस गरिएको थियो। गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर हेमो डायलासिस गरिएको थियो। तर, प्रधानमन्त्रीको स्वास्थ्यअवस्था गोप्य राखेपछि अस्पताल र प्रधानमन्त्रीको सचिवालयको चर्को आलोचना भएको थियो।