व्रेकफेल हुँदा हाइस दुर्घटना



विश्वनाथ सिम्खाडा,

कालिकोट। जिल्लाको तिलागुफा नगरपालिका नाग्म बजारदेखि सुर्खेत जादै गरेको हाइस कर्णाली राजमार्ग अन्तरगत पर्ने दैखोलामा दुर्घटना भएको छ। भे १ ख २४०६ नम्बरको हाइसको व्रेकफेलहुँदा दुर्घटना भएको प्रहरिले जनाएको छ।

व्रेकफेल भएको हाइस सडकवाट कर्णाली नदिमा खस्नबाट जोगिएको गाडि चालक प्रदिप कसेराको भनाई छ। गाडिमा सवार ३२ जना मध्य तिन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरिक्षक यज्ञराज जोशिले बताए।

घाइते हुनेमा तिलागुफा नगरपालि २ बस्ने १७ वर्षीय तुले बाेहरा, सुर्खेत वीरेन्दनगर नगरपालिका ३५ वर्षीय राजेश बिक, र वीरेन्द्रनगर नगरपालिका ३ कै सवारी चालक केसरा घाइते भएका छन्।