इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा चेल्सी



काठमाडौँँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा चेल्सीले घरेलु टिम वाटफोर्डलाई २-१ गोलअन्तरले पराजित गरेको हो। चेल्सीको जितमा टमी अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे। वाटफोर्डका लागि जेरार्ड डेउलोफेउले गोल गरे।

खेलको पाँचौं मिनेटमा नै अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले अघि रहेको चेल्सीले ५५औं मिनेटमा पुलिसिकको गोलबाट २-० गोलको अग्रता बनायो। ८०औं मिनेटमा डेउलोफेउले पेनाल्टीबाट गोल गर्दै वाटफोर्डलाई २-१ गोलको स्थितिमा ल्याए।

तर, बाँकी समयमा गोल नभएपछि खेल चेल्सीले जित्न पुग्यो। जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको ११ खेलबाट २३ अंक छ। पराजित वाटफोर्ड भने लिगको २०औं स्थानमा छ।