नेपाली सेनाले ल्यायो ३ अर्बको नयाँ विमान



काठमाडौँ। नेपाली सेनाको नयाँ कार्गो विमान काठमाडौं आईपुगेको छ। इन्डोनेसियाबाट खरिद गरिएको नयाँ ट्रान्सपोर्ट विमान काठमाडौं आइपुगेको हो। यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ।

दुई वर्षअघि भएको सीएन २३५-२२० विमान खरिद सम्झौता अनुरुप विमान काठमाडौं आईपुगको सेनका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन्।

करिब ३ अर्बमा किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने छ। विमानले ५१ जनासम्म यात्रु बोक्न सक्छ। यो विमान सैन्य तालिमहरूमा पनि उपयोग गर्ने योजना छ।