छठ सकियो



काठमाडौँ। आइतबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ सम्पन्न गरिएको छ। शनिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका भक्तजनहरूले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेरे यस वर्षको छठ समापन गरेका हुन्।

व्रतालुहरूले जलासयमा गएर अर्घको रुपमा ठकुवा, भुसवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो सूर्यलाई अर्पण गर्ने गरेका छन्। सूर्यको आराधना तथा छठी माताको पूजाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने धार्मिक विश्वास छ।