अनेमसंघ मकवानपुरको पहिलो भेला सम्पन्न



काठमाडौँ। अखिल नेपाल महिला संघ, क्रान्तिकारी मकवानपुरको नवौं जिल्ला सम्मेलन सम्पन्न भएको छ। नवौं सम्मेलनले रेनुका लामाको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरेकाे छ।

संघकी निवर्तमान अध्यक्ष गीता कार्कीको अध्यक्षता एव‌म् जिल्ला इन्चार्ज ‘अनुराग’ को प्रमुख आतिथ्यता तथा संघकी केन्द्रीय सदस्य सिसम शाही, नारायणी ब्युरो संयोजक रेखा मगरलगायतको उपस्थितिमा नवौं सम्मेलनपछिकाे पहिलाे जिल्ला भेला सम्पन्न भएको हो।