काठमाडौँ। आगामी मंसिर १४ का हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार सिफारिस गरेको छ। पार्टीले वडा तहको टिकट दिने अधिकार जिल्ला कार्यसमितिलाई प्रदान गरेको छ। त्यस्तै गाउँपालिका र नगरपालिकाको उम्मेदवारको टिकट सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कमिटीले दिने निर्णय गरेको छ।
राप्रपाले भक्तपुर जिल्लाको क्षेत्र नम्बर १ ‘क’ मा माधव खत्री, राममणि न्यौपाने, वुद्धि कुमार प्यासी, बिष्णु प्रसाद तिमल्सिना ,गोकुल खड्का र शिबराज केसीको नाम सिफारिस गरेको छ।
यसैगरी दाङ क्षेत्र नम्बर ३ ख मा भुपाल रावतको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने बाग्लुङ–२ ‘ख’ मा गणेश कुँवर सर्वसम्मत उम्मेदवार बनेका छन्। उपनिर्वाचनको सबैभन्दा चर्चामा रहेको कास्की क्षेत्र नम्बर २ मा डा.भिमसेन गुरुङ, रोम बहादुर भण्डारी, जयलाल पुन, कृष्णबहादुर अधिकारी र इन्दिरा शाहीको नाम सिफारिस गरेको छ।