प्रधानमन्त्रीका एडिसी जुवाखालबाट पक्राउ



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत एडिसी जुवाखालबाट पक्राउ परेका छन्। नेपाली सेनाका मेजर राजेन्द्र शाहीसहित अन्य सातजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुद्धिलाल मगर, धर्म शाही, सोमबहादुर मगर,किरणजंग शाह, मानकाजी गुरुङ, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्। उनीहरुको साथबाट १ लाख ५९ हजार रुपैयाँ बरामद भएको  प्रहरीले जनाएकाे छ।