वीरजंगको रिहाईको लागि नेकपाद्वारा मसाल जुलुस प्रदर्शन



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ मसाल जुलुस निकालेको छ। पार्टीका कार्यकर्ताहरू काठमाडौँको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछाम, कालिकोटलगायतका जिल्लामा मसाल जुलुस प्रदर्शन गरेका हुन्।

असोज ३० गते गिरफ्तार भएका पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य सुवाससहित २१ जना र अन्य नेता–कार्यकर्ताको गिरफ्तारीको विरोधमा उक्त कार्यक्रम गरेको नेकपाले जनाएको छ।