सुर्खेती गजलकार लिला ढकाल (पोखरेल) को एक वजनदार गजल
गजल
आफ्नो जिन्दगीमाथि किन आफ्नै हक हुदैन ?
लाग्छ म बाँच्नु र मर्नुमा पनि कुनै फरक हुदैन।
मनिस किन दुःखसँग सामना गर्न डराउँछन् ?
चोट नपरेसम्म मानिस कहिल्यै सजक हुँदैन।
जब कसैलाई जितेर मनले आफ्नो सम्झन्छ।
उसका अगाडि कुनै पनि कुरा गर्न धक हुँदैन।
जति नै खुशीको बहार आवस् मेरो जिन्दगीमा।
हजुर बिना कुनैपल यो जिन्दगी सार्थक हुदैन।