‘एक पटक मेडिकल माफियाका विरूद्धमा बोल्नुपर्छ’



काठमाडौँ। नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाहले मेडिकल शिक्षालाई सरकारले गम्भिरताका साथ नलिएको आरोप लगाएका छन्। सचिव शाहले सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेखेर मेडिकल शिक्षामा चरम माफियतन्त्रको जालोले जालेको बताएका छन्।

उनले भनेका छन्, ‘छिमेकीको घर जल्दै गर्दा आगो निभाउन जानुभएन भने भोलि हाम्रो घर जल्दा पनि छिमेकीहरु रमिते बन्छन् यो पक्का हो। सोही बमोजिम अहिले मेडिकल शिक्षामा चरम माफिया तन्त्रको जालोले भबिस्यमा हाम्रा सन्ततिले मेडिकल शिक्षा पढ्न नसक्ने अवस्था तिर मेडिकल शिक्षालाई पुर्याईदैछ। मेडिकल शिक्षा पढ्ने विद्यार्थी थोरै छन।’

उनले अगाडि लेखेका छन्, ‘राज्यले ती विद्यार्थीहरुले कराएको सुन्दैन। तर, अन्य शिक्षा अध्यन गर्ने विद्यार्थीहरू धेरै छौ। एक पटक हामीले बोलम मेडिकल शिक्षाका बेथितिका बिरूद्ध। एकपटक हामी सडक संघर्षमा लागौं मेडिकल शिक्षामा देखिएको माफियातन्त्रको विरुद्ध र एकपटक सरकारलाई चुनौती दिउ मेडिकल शिक्षाको बेथिति अन्त्य गर्न।’

उनले भनेका छन्, ‘किनकि हामी छिमेकी हौ, आज छिमेकीलाई दुःख परिरहेको छ, आज हाम्रो छिमेकीले हाम्रो अगाडी सहयोगका हात फैलाई रहेको छन्। छिमेकीको यस्तो समस्याको बेला हामी मौन बसे भोलि हामी यस्तै दुःखबाट ग्रसित हुँदा हाम्रा छिमेकी ती मेडिकल शिक्षा अध्यान गरिरहेका विद्यार्थीहरू हाम्रो दुखमा बोल्लान त?’

यो पनि पढ्नुहोस्

बुबासँग भेट नभएको दुई वर्ष भयो: प्रकाश चन्द