गायिका शाहको यूके घुमफिरको चर्चा



काठमाडौँ। चितवन निवासी गायिका एवं समाजसेवी भूमिका शाह तीन महिना लामो समय यूरोप बसेर स्वदेश फर्केकी छिन्। भूमिका फाउण्डेशनकी अध्यक्षसमेत रहेकी शाह संख्याको रूपमा धेरै गीत गाउने गायिकाको सूचिमा पर्दैनन्। तर, उनका गीत सन्देश मुलक र व्यवहारिकतालाई इंकिद गर्छन्। धरहरा, हेरि रमाईलो, हाई ए बुढा, साउने झरी, भबरालगायतका गीतहरू बजारमा जमेका गीत हुन्।

२०६५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेकी गायिका शाह गत जुलाई ७ तारेक युके पुगेकी थिइन् भने अक्टोवर ७ तारेक नेपाल फिर्ता भएकी छन्। उक्त समयको अन्तरालमा युकेमा रहेर के(के गरिन् रु के कस्तो पाईन नेपालीको माया, सद्भाव र सामिप्यता रु उनै गायिका शाहसँग प्रतिक्षा योगीले गरेको संक्षिप्त कुराकानीः

तपाईको यो यूरोप भ्रमण पहिलो हो ?

होइन। यो दोस्रो पटक हो।

तीन महिनाको सयम कसरी बित्यो ?

क्याट यूकेको महाधिवेशका अवसरमा आयोजित सांगीतिक कार्यक्रमको लागि यूके गएकी थिए। यूकेको कानूनअनुसार म त्यहाँ बसेँ। जुन कार्यक्रमका लागि संस्थाका अध्यक्ष जीवन सेन ज्युले बोलाउनु भएको थियो। नेपाल बाहिर रहेर नेपाल र नेपाली कला सँस्कृतिको संरक्षणमा जुटेका प्र्रवासी दाजुभाई, दिदीबहिनीको माया सद्भावलाई जीवनकालमा भुल्न सक्दिँन। खुब रमाईलो भयो। सांगीतिक कार्यक्रमदेखि घुमफिर गर्ने अवसर पाइयो।

के भन्छन् प्रवासी नेपालीहरू ?

विकसित देशमा बस्नु भएको छ। उताकै जस्तो हाम्रो देश कहिले बन्ला रु कानूनको पालना कहिले होला रु भन्ने पिर सुन्न पाएँ। अर्को कुरा सिमापारी देशको माया औधी लाग्ने रहेछ। प्रवासी नेपाली दाजुभाईलाई नेपालमा बस्नेले देश बाहिरका नेपाली भन्दा दुःख मनाउ गर्नु हुने रहेछ। बाहिर बसेर पनि नेपालको विकास र नेपाली कला संस्कृतिको संरक्षणमा उहाँहरूको ठूलो भूमिका छ। हाम्रो पुस्ताले राजनीतिक परिवर्तन बाहेक सिमा रक्षा र देशको राष्ट्रियताको लागि कुनै आन्दोलन गर्नु परेन। युद्ध लड्नु परेन। त्यसैले पनि देशभित्र बस्ने नेपालीले देशलाई हल्का रुपमा लिएको पाइन्छ। तर, देशप्रति प्रवासी नेपालीको माया विछट्टै छ।

यूके भ्रमणको अवसर प्रदान गर्ने मध्ये कसैको नाम लिन चाहनु हुन्छ ?

यूकेका लाग नेपाली राजदुत दुर्गाबहादुर सुबेदी, नेपाली भाषा तथा कल्चरल सेन्टर, यसका अध्यक्ष सुमन प्रधान, लम्जुङ समाजका अध्यक्ष विश्वजंग गुरूङ र संस्थाका पूर्व अध्यक्ष बोहत गुरूङ, पाल्पाली समाजका अध्यक्ष बाचसपति रेग्मी, विश्वकर्मा समाजका अध्यक्ष कुमार सुनारलाई सम्झिन चाहन्छु।

त्यसैगरी क्याट्रिक समाजका अध्यक्ष राम मल्ल, ठकुरी समाज यूकेका अध्यक्ष कल्पना सेन, एति नेपाल एशोसियन र कर्म शेर्पा, त्यसैगरी आदरणीय व्यक्तित्व एवं भेटघाट दोहोरी यूकेका सञ्चालक शेरबहादुर सुनारलाई पनि भुल्न सक्दिँन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, शाखा यूकेको आयोजनामा संस्थाको भवन निमार्णको लागि सांगित कार्यक्रम नै गरेका थियौं। पाँच लाख नेपाली रुपैयाँ उठेको थियो। तर, साथीहरूले तीन लाखमात्रै दिएको भन्ने सुनेको छु।

ग्रेटर लिभरपुल नेपाली समाजका अध्यक्ष गोपाल अधिकारीको भूमिका पनि कम रहेन। उक्त संस्थाले तीजको कार्यक्रम आयोजना गरेको थियो।

नेपाली कलाकारहरू विदेश जाँदा होटेलमा बस्छन् या आफ्न्त साथीभाईकोमा रु तपाईले के गर्नु भयो ?

म आफ्न्त र साथीभाइकोमा बसेँ। अरूले के गर्छन्। त्यो मैले जान्ने कुरा भएन। कलाकार र नेपाली संस्कृतिलाई वेहद माया गर्ने आदरणीय दाई भक्त दर्जी र नुनमाया भाउजुको एकदमै साथ पाए। अन्त्यमा र्सिजनशिल समाज यूकेले बिदाईको कार्यक्रम राखेको थियो। जुन कार्यक्रममा उठेको ६० हजार नेपाली रुपैयाँ मैले चितवन माडी निवासी २२ वर्षीय मनोज सुनारको उपचारको लागि प्रदान गर्ने घोषणा गरेकी थिए।

उनको मनीपाल अस्पताल पोखरामा उपचार भइरहेको छ। मनोजको उपचारको लागि सहयोगको अपिल गर्न चाहन्छु। उनको पारिवारिक आर्थिक स्थिति निक्कै नाजुक भएकाले सहयोग गर्न चाहनु हुने महानुभावले जनता बैंक माडी शाखामा रहेको खाता नम्बर ०४८१०१०७७६५५७०१, सम्पर्क नम्बर ९८१८४९२३७६ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ।

नयाँ योजना के छ ?

अबको केही समयपछि ‘धनियाको चटनी’ बोलको गीत बजारमा ल्याउने तयारीमा जुटेकी छु। भूमिका फाउण्डेशनका कार्यक्रम र साँस्कृतिक कार्यक्रममा उपस्थित हुने कुरा छदैँछन्। मैले सम्झिने क्रममा कसैलाई छुटाएकी रहेछु भने माफ गर्नुहोला। धन्यवाद।