‘नेपालगंज नगर अध्यक्षलगायतलाई रिहाई नगरे आन्दोलन हुन्छ’



काठमाडौँ । नेपाल तरूणदलका महासचिव भुपेन्द्रजंग शाहीले बाँकेको नेपालगंज नगर अध्यक्ष सन्दिपजंग शाहलगायतलाई प्रहरीले फासिस्ट शैलिमा पक्राउ गरेको आरोप लगाएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गरेर महासचिव शाहीले आफ्ना कार्यकर्तालाइ प्रहरीले फासिस्ट शैलीमा गिरफ्तार गरेको भन्दै कडा विरोध जनाएका छन्। साथै उनले आफ्ना कार्यकर्तालाई निःशर्त रिहाई नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

महासचिव शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘नितान्तै व्यक्तिगत र पारिवारिक बसाईमा रहेको अवस्थामा प्रहरीले गुण्डागर्दीको शैलिमा पक्राउ गरेको छ। यो कार्य तरूणदलाई स्वीकार्य छैन।’

विज्ञप्तिमा अगाडि भनिएको छ,‘नगर अध्यक्षसहित पक्राउ परेका सम्पूर्णलाई निःशर्त रिहाईको माग गर्दछु। तथापीमा रिहाई नगरिए तरूणदल जुनसुकै कठोर निर्णय लिनेछ।’

नेकपा सरकारलाई अधिनायकवादीको संज्ञा दिदै महासचिव शाहीले सरकारका अधिनयाकवादी कार्य र निरंकुशशैलीका विरूद्धमा उभिन तरूणहरूलाई आग्रह गरेका छन्।