नेकपा विप्लवले बहिष्कार गरेको थवाङमा सत्तारूढ नेकपा विजयी



काठमाडौँ। नेकपा विप्लवले बहिष्कार गरेको रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा सत्तारूढ नेकपा विजयी भएको छ। यसअघि यो वडामा विप्लव समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए।

थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि आज शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन्। उनले १७४ मत पाए।

यो वडामा कुल मतदाता १२८४ थिए। तर,२०९ मत अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो। बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन्।