नेकपाका सर्लाही इन्चार्ज तामाङ पक्राउ



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज लालबहादुर तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ। जनकपुर ब्युरो इन्चार्ज अरुणले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका ब्युरो सदस्य तथा सर्लाही जिल्ला इञ्चार्ज लालबहादुर तामाङलाई प्रहरीले सर्लाहीबाट गिरफ्तार गरेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा ब्युरो इन्चार्ज अरुणले गिरफ्तार गरिएका सर्लाही इन्चार्ज तामाङलाई तत्कालै विनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा अन्यथा सरकारी दमनका विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।