काठमाडौं। कास्की २ सहित देशका सबै स्थानमा उपनिर्वाचन सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख) मा मतदान भएको छ। यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ।
त्यस्तै कास्की क्षेत्र नं २ की उम्मेद्वार विद्या भट्टराईले सामाजिक सञ्जाान लेखेकी छन्,‘उप निर्बाचनमा उत्साहपुर्ण तरीकाले मतदानमा सहभागि हुनुहुने सम्पूर्ण आदरणीय जनहरूमा धेरै धेरै धन्यबाद व्यक्त गर्दछु।’
कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोटसमेत भएको छ। तर मानवीय क्षति भने भएको छैन। मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ। निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । यद्यपि यकिन विवरण आउन बाँकी छ।