सचिवालय निर्माणबारे नेकपा कालिकोटको ध्यानाकर्षण



कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला सचिवालय कालिकोटले प्रलोभनमा परेर काम गरेको भन्ने आरोपलाई अस्वीकार गर्दै खण्डन गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गरेर प्रलोभनका आधारमा सचिवालय निर्माण गरिएको भन्ने आरोपलाई निराधार र कपोकल्पित भन्दै खण्डन गरेको छ।

बिज्ञप्तिमा भनिएको छ, ‘केही व्यक्तीले भनेको जस्तो नभएपछि नाजायज आरोप लगाउने र पार्टीको बदनाम गर्ने काम भएको छ। केही अनलाइन मिडियाले जिल्ला नेतृत्वलाई जोडेर आर्थिक प्रलोभनका आधारमा सचिवालय निर्माण गरेको समाचार प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

नेकपा कालिकोटका अध्यक्ष धनजित शाही’आदर्श’ र पार्टी सचीव नगेन्द्र शाही ‘नेशनल’को हस्ताक्षर रहेको बिज्ञप्तिमा अगाडि भनिएको छ,’व्यक्तिगत रिस साध्नको लागि गरिएका गुनासालाई लिएर जिम्मेवार मिडियाले जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न ध्यानाकर्षण गराउदछौं।’

बिज्ञप्ति