प्रेमील व्यङ्ग्य ‘हसाउनेभन्दा रूवाउनेकै मूल्य बढी’



काठमाडौं। पछिल्लो समय प्याजको मूल्य अत्याधिक वृद्धि भएको छ।

सामान्य गरिब नागरिकका लागि त अचेल प्याज असामान्य मूल्यमा परिणत भएको भन्न सकिन्छ। साना, मध्यम होटेल र कम्जोर आर्थिक अवस्थाका मानिसहरूको चुल्होमा प्याज पाक्नै छोडेको छ स्थिति छ।

प्याज केजीको करिब दुई सय रुपैयाँसम्म पर्न जान्छ। केही दिन अगाडि बंगलादेशका राष्ट्रपतिले समेत प्याज खान छोडे भनेर समाचार आएका थिए।

प्याजको उत्पादनमा कमी आएपछि भारतले निर्यातमा कडाई गरेपछि भारतसँग निर्भर रहेका देशमा प्याजको मुल्यमा चर्को मूल्यवृद्धि भएको हो।

प्याजको मूल्यवृद्धिलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।

यसै क्रममा पत्रकार खेमराज वलीले सामाजिक सञ्जालमा लेखेका छन्,‘रूनेहरू कमजोर हुन्। रूवाउनेहरू बलिया हुन्छन्। सामान्यतः मूल्य बढी बलियाहरूकै हुन्छ। प्याजमा शक्ति छ रूवाउँछ। र त मूल्य बढ्छ…’

त्यस्तै युवा व्यवसायी उमेश योगीले लेखेका छन्,‘भाउ रुने भन्दा रुवाउने कै बढी हुन्छ रे नि त ।’

 

प्याज काट्दाखेरी रूवाउछ र प्रेममा धोका दिनेले पनि रूवाउछन भन्ने कुरालाई इंगित गर्दै प्याजको मूल्यलाई लिएर सामाजिक सञ्जाल प्रयोग कर्ताले प्रेमील व्यङ्ग्य गरेका छन्।