नेत्र र मिराको सुमधुर आवाजमा ‘अमिलो अम्चुर’



काठमाडौँ। लोक तथा दोहोरी गायक नेत्र भण्डारी र लोकप्रिय गायिका मिरा गिरीको युगल स्वरमा ‘अमिलो अम्चुर’ बोलको गी बजारमा आएको छ। राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच शुक्रबार सार्वजनिक गरिएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बीजीको शब्द रचना रहेको उक्त गीतको लय ध्रुवराज धितालले निमार्ण गरेका हुन्।

सर्जक धिताल, प्रेमा राना मगर र रूपी सिंजाली मगरले ग्रुप आवाज रहेको छ। कृष्ण बिकले संगीत संयोजन गरेका हुन्। मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुनिल क्षत्रीको निर्देशन रहेको छ भने नवराज उप्रेतीले छायांकन गरेका हुन्।

त्यस्तै म्युजिक भिडियोमा निर्देशक सुनिल छेत्री र नायिका ऋचा थापाको अभिनय छ। अमृत चापागाईंले सम्पादन गरेको म्युजिक भिडियो गायिका मिरा गिरीकै युट्युब च्यानलमा हेर्न सकिन्छ।

https://www.youtube.com/watch?v=F1PpTEm_3Kw