‘हीम्मत भएपो छोरो सच्चाईको मैदान जान्छ’



गजल

हिम्मत भए पो छोरो सच्चाईको मैदान जान्छ।
सधै जसो खेर बुढा बाआमाको उखान जान्छ।।

दिनभरी श्रीमती कुरिरहेकी छे दियो जलाएर।
साझ नपर्दै श्रीमान रक्सिको दोकान जान्छ।।

न्याय आँखा चिम्लन नपाउदै चाहिएको छ।
कछुवाको गतिमा तिम्रो अनुसन्धान जान्छ।।

दुनियालाई जवाफ दिदा दिदा म हैरान छु।
तिमिलाई नभेटी कुन दिन यो परान जान्छ।।

नेपालले खान्दानी रबैयामा चरेस भित्राउछ ।
भारत भन्छ बोरामा बैधानिक सामान जान्छ ।।

अञ्जु स्मारिका