काठमाडौँ। कानूनमन्त्री उपेन्द्र यादवले पत्रकारलाई मर्यादित हुन अनुरोध गरेका छन्। मन्त्री यादवले आफू प्रेस स्वतन्त्रताको लागि लडेको बताउदै अहिलेको पत्रकारीता र पत्रकारहरूले अलिकति मर्यादित, सभ्य, सम्मानित, चेतना र चिन्तनशील हुनुपर्ने सल्लाह दिएका हुन्।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आफूले दैनिक पत्रिकादेखि अनलाईनमा आएका समाचार हेर्ने र राम्रो समाचारलाई कपि, फोटोकपि गरेर राख्ने गरेको जानारी दिए।
उनले भने,‘कहिले काही त केही समाचार पढ्दा यस्तो पत्रकारिताले हामी र हाम्रो समाजलाई कहाँ पु¥याउँने हो भन्ने चिन्ता लाग्छ। स्वच्छ पत्रकारिताले समाजको आँखा खोलिदिन्छ, सुधारशील भावनाले चलाएको कलमले एक किसिमको जनमत सिर्जनागर्छ, तपाई हामी मिलेर अगाडि बढियो भने समाजमा राम्रो सन्देश प्रवाह गर्नसक्छाै। त्यसरी नै हामी पनि अगाडि बढौं।
उनले अगाडि भने, ‘म मन्त्रालयको आकांक्षि थिएन। म बाहिर थिए। प्रधानमन्त्री ज्युले आफ्नो इक्षाले मलाई जिम्मेवारी दिनु भएको छ। यस मन्त्रालय मार्फत संविधान संशोधनका लागि प्रयास गर्न सकिन्छ कि भनेर स्वीकारेको हुँ। सकारात्म र नकारात्मक विश्लेषण गरेर संसदीय बाटो मार्फत जानुपर्ने थियो।’
मन्त्री यादवले संविधान संशोधन गर्ने मुख्य लक्ष्यकासाथ सरकारमा सहभागि भएको बताए। उनले भने, ‘संविधानलाई लिएर सबैले दिपावली मनाउनु पर्ने थियो। तर, त्यसो हुन सकेन। संविधान संशोनधन र परिमार्जन गरेर अगाडि बढ्ने भनेर हाम्रो पार्टी सरकारमा आएको हो। यो अहिले आवश्यकता यहि हो। यस विषयका बारेमा प्रधानमन्त्रीको स्वास्थ्यवस्था ठिक भएपछि उहाँसँग र नेकपाका पार्टी अध्यक्षसँग बसेर वार्ता गर्छौं। हाम्रो मिसनअनुसार अगाडि बढ्छौं। संविधान संशोधनको एजेण्डामा फेल भइयो वा असफल पारियो भने त्यति बेला विकल्प खोज्छौं। पार्टीको निर्णयअनुसार अगाडि बढ्छौं।’
तस्बिर: मुकुन्द कालिकोटे