८ केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ


काठमाडौँ। नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ केजी सुनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। बिहीबार राति ११ बजे हङकङबाट नेपाल आएका चिनियाँ नागरिक चेन छिन्जुवङ सुनसहित पक्राउ परेका हुन्। एक जनाको नाम खुलेको छैन।

नेपाल एयरलाइन्सको विमानमार्फत उनीहरु नेपाल आउँदै थिए। दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए।